• २०७६ भदौ ३१ मंगलबार

चलचित्र घरलाई मनोरञ्जन कर तिर्न कामपाद्वारा १५ दिने म्याद

काठमाडौं, 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण चलचित्र घरलाई मनोरञ्जनबापत लाग्ने कर बुझाउन महानगरपालिकाले १५ दिनको म्याद दिएको छ ।

चलचित्र घरले प्रदेश ३ को आर्थिक ऐन, २०७६ ले व्यवस्था गरेबमोजिम चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र  महानगरपालिकामा बुझाउनुपर्ने छ ।

उक्त व्यवस्था भए पनि समयमा कर बुझाउन नआएको र पटकपटक पत्राचार गर्दा पनि गत आर्थिक वर्ष २०७५/०७६ मा मनोरञ्जन करबापत दर्शकहरुबाट लिएको रकम हालसम्म पनि स्थानीय सरकारलाई नबुझाएकाले सार्वजनिक सूचना निकालेको महानगरले जनाएको छ । 

महानगरपालिकाले दर्शकसँग मनोरञ्जन करबापत असुली गरिएको रकम सम्बन्धित स्थानीय सरकारलाई नबुझाए नियमानुसार कारबाही गरिने व्यहोरासमेत जानकारी गराएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार