• २०७६ भदौ ३१ मंगलबार

साफ यु–१५ च्याम्पियनसिप: भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौँ, 
भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले  फराकिलो हार बेहोरेको छ । भारतको कल्याणी रङ्गशालामा बुधबार भएको खेलमा आयोजक भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले लज्जास्पद हार व्यहोरेको हो । भारतले खेलको पहिलो हाफमा तीन गोल ग-यो भने खेलको दोस्रो हाफमा दुई गोल थप्यो । भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । 

त्यस्तै भारतका सुभो पाउले खेलको पहिलो हाफको २४ औँ मिनेटमा गोल गरे भने अनिस मजुमदरले खेलको ४३ औँ मिनेटमा एक गोल थपे । त्यसैगरी भारतका अर्का खेलाडी तैसन सिंहले खेलको ४९ औँ मिनेटमा गोल गरे भने श्रीदर्थले खेलको ५६ औँ मिनेटमा गोल गरे । भारतले दवावमा राखेको नेपालले एक गोल समेत फर्काउन सकेन । 

नेपालले अर्को खेल भदौ ६ गते श्रीलङ्कासँग प्रतिस्पर्धा गदैछ । नेपालले हालसम्म यू–१५ साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, श्रीलङ्का र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा सञ्चालन भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोली उपाधि होडमा उत्रने छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार