• २०७६ भदौ ३१ मंगलबार

पूर्वअर्थमन्त्री चिदम्बरम भ्रष्टाचारको आरोपमा पक्राउ

काठमाडौं । भारतका पूर्व अर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ ।आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अगि्रम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि सीबीआईले पक्रेको हो ।त्यसअघि चिदम्बरमले आफूमाथि सिबिआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए। तर, मंगबालर उच्च अदालतले उनको माग अस्विकार गरेको थियो।


त्यसपछि सिबिआई र प्रवर्तक निर्देशनालय (इनफोर्समेन्ट डाइरक्टरेट–ईडि) को टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो। त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो। तर, उनलाई फेला पार्न सकेको थिएन।

बुधबार बिहान चिदम्बरम पक्षका वकिलहरुले उनी प्रतिष्ठित राजनीतिज्ञ र पूर्वमन्त्री समेत भएकाले विदेश भााग्ने सम्भावना नरहेकको भन्दै जमानतका लागि सर्वोच्च अदालत गएका थिए। तर, सर्वोच्चले मुद्दाको चापका कारण उनको मुद्दाको सुनवाई शुक्रवार अघि हुन नसक्ने आदेश दिएपछि चिदम्बरम पक्राउ पर्ने निश्चित ठानिएको थियो। त्यसपछि पनि उनी कहाँ थिए भन्ने अज्ञात नै थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार