• २०७६ भदौ ३१ मंगलबार

सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ

लहान, 
प्रतिबन्धित लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।     
     
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध १६ ट्यावलेट नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।     
     
यस्तै प्रहरीले लहान नगरपालिका–११ बाटिका नजिक रहेको पर्मानन्द चौधरीको खाजा पसलबाट अवैध घरेलु मदिरा ३० लिटर र ५० केजी कच्चा पदार्थ नियन्त्रणमा लिई आज बिहान नष्ट गरेको जनाएको छ । त्यस्तै सिरहा नगरपालिका २, ६ र ७ मा रहेको मदिरा भट्टी पसलबाट करीब १० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार