• २०७६ भदौ ३१ मंगलबार

‘च च हुई’को पहिलो गीत ‘सिल्की सिल्की बाल’ सार्वजनिक

काठमाडौँ,

फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘सिल्की सिल्की बाल’ बोलको गीत रिलिज गरिएको हो । गीतमा लिड अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर र कलाकार भोलाराज सापकोटा फिचर्ड छन् । राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा राजनराजकै संगीत रहेको छ । गीतको शब्द फिल्मका निर्माता अमृत घोले लामा, राजनराज र श्याम लामिछानेले लेखेका हुन् । सुशन प्रजापतिले खिचेको गीतका कोरियोग्राफर शिशिर खाती हुन् ।
 
एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर्यन, मिरुना र भोलाराजसँगै पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय रहेको छ । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक साम्तेन भुटिया स्वयं हुन् । यो चलचित्र मंसिर ६ गते देशभर प्रदर्शन हुँदैछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार