• २०७६ भदौ ३१ मंगलबार

चलचित्र हिट भएसँगै आयुष्मानको भाउ बढ्यो

मुम्बई, 
पछिल्लो समय बलिउडमा लगातार हिट चलचित्र दिएर चर्चामा आएका अभिनेता आयुष्मान खुर्रानाले आफ्नो पारिश्रमिक बढाएका छन् ।

केही समयअघि उनी अभिनीत चलचित्र ‘अन्धाधुन’ प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले निकै राम्रो व्यापार गर्न सफल भएको थियो भने भारतको राष्ट्रिय पुरस्कारसमेत हात पारेको थियो । त्यसयता आयुष्मानले विज्ञापन खेलेबापत लिँदै आएको रकममा तीन गुणाले वृद्धि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनले प्रतिविज्ञापन १ करोड भारू लिँदै आएकोमा अबदेखि ३.५ करोड लिन लागेको बताइएको छ । उनले विज्ञापनसँगै सिनेमाको पारिश्रमिकसमेत बढाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार