• २०७६ भदौ ३१ मंगलबार

मन्दिरमा भागदौड हुँदा पूजाआजा गर्न गएका ४ जनाको मृत्यु

नयाँ दिल्ली, 
पूर्वी भारतीय राज्य पश्चिम बङ्गालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रवार भएको भागदौडमा परी ४ जनाको ज्यान गएको बताइएको छ । सो भागदौडमा परी अरू कैयौँ व्यक्ति  घाइते भएका छन् । शुक्रवार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दु तीर्थालुहरुबीच सो भाग दौड भएको हो ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान् श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठुलो सङ्ख्यामा उपस्थित ती तीर्थालुबीच भाग दौड मच्चिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरूलाई नजिकैको अस्पताल पु-याइएको छ । घाइते के कति जना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन । कृष्णाष्टमी पर्व हिन्दु धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्म दिनको रूपमा उनको पूजा आराधना गरी भव्य रूपमा मनाउने गर्दछन् ।

भारतमा हिन्दु धर्मावलम्बीहरू विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौँ नागरिकको ज्यान जाने गरेका समाचारहरू आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार