• २०७६ भदौ २९ आइतबार

बुटिक एयरपोर्ट विद्यमान संरचनालाई नै चिटिक्क पार्ने अवधारणा हो : महाप्रबन्धक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्ला केही महिनामा भएका कामले धरैलाई चकित पारेको छ । सही ठाउँमा सही मान्छेले मौका पायो भने उसले सबै काम सम्भव बनाउँछ भन्ने कुराको उदारहण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । डेढ वर्ष अझै पुगेको छैन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको रूपमा राजकुमार क्षेत्रीले जिम्मेवारी सम्हालेको । यसबिचमा विमानस्थलको पुरै स्वरूप बदलिएको छ । पार्किङ थप फराकिलो र व्यवस्थित बनेको छ । धावनमार्गको रिहावको काम सकियो । सञ्चालन अवधि थपिँदा राष्ट्रिय अन्तर्राष्ट्रिय विमान कम्पनीलाई नेपाल उडानमा सजिलो भएको छ । विमानस्थलको स्वरुपमात्रै होइन आन्तरिक व्यवस्थापनमा देखिने चुस्तताले विमानस्थल पुग्ने हरेक यात्रुले फरक महसुस गर्न थालेका छन् । बु टिक एयरपोर्ट बनाउने काम चलिरहेको छ । छोटो समय र साना बजेटले बन्ने काम सकिए । बाँकी काम प्रक्रियामा छन् । यद्यपि सीमित स्रोत साधना सरकारी झन्झटिलो प्रक्रिया पुराना संरचनालाई सुधारेर नयाँ काम देखाउनुपर्ने बाध्यता कायमै छ । यसबाहेक कहिलेकाहीँ अनावश्याक विवादमा तानेर आफ्ना कुण्ठा पोख्ने र अप्ठ्यारोमा पार्ने विद्यमान प्रवृत्तिले पनि समस्या पैदा गरेको छ । यी र यस्तै विषयमा टिभी अन्नपूर्णकर्मी सविना तिमिल्सिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीसँग गरेको कुराकानी :

कस्तो छ अहिले त्रिभुवन अन्तर्राष्ट्रिय  विमान स्थलको अवस्था ?

मेरो दृष्टिकोणमा त्रिभुवन विमान स्थलको अवस्था विगतको भन्दा निक्कै  राम्रो भएको छ । वाह«य स्वरूपका कुरा मैले भन्ने भन्दा पनि तपाइहरूले नै देख्नुभएको छ ।  समग्र परिवर्तन हेरेर तपाइहरूले मुल्याङकन गर्नुपर्ने कुरा हो । विगतमा हामीले सुरु गरेका कामहरूलाई तीव्र गतिमा अघि बढाएका भिजिट नेपाल २०२० सँघारमा छ । यसलाई मध्यनजर गरी हाम्रा कामहरू भइरहेका छन् ।

बुटिक एयरपोर्टको काम कहाँ सम्म पुग्यो ?

बुटिक एयरपोर्टका लागी भएको मिटिङमा हामी ७ वटा काम गर्ने निर्णय भएको हो । ती कामहरू मध्ये ३ वटा काम पुरा भई सकेका छन् । जुन कम बजेट र कम समयमा सम्भव थिए । जस्तै ः रङ रोगन,गार्डेनिङ ,सानो मूर्तिहरू राख्नेजस्ता कामहरू सम्पन्न भएका छन् । बाँकी ४ वटा काम हरू अलि ठुलो बजेट र लामो प्रक्रियामार्फत गर्नुपर्ने भएकाले तीनवटाको टेन्डर भई सकेको छ भने एउटा टेन्डर हुन बाँकी छ । आगामी ६ महिनमा मलाई लाग्छ हामीले यी सबै काम सम्पन्न गरी सक्नेछौँ ।

विमानस्थल प्रमुखको जिम्मेवारी सम्हालेपछिको तपाईको सक्रियता डिजी बन्ने कसरतको रुपमा चर्चा हुन्थ्यो नी ? 

तपाईँको प्रश्न सही छ मैले छोटो समयमा विमानस्थलभित्र जे जति काम गरे । सायद यो भन्दा पहिले नभएर हो वा मैले त्यो भन्दा अरू केही गरे यो विषयमा मूल्याङ्कन गर्ने तपाइहरूले हो । तपाईँको प्रश्न जस्तै मलाई धेरै साथीहरुपनि सोध्छन् तर मेरो योग्यता क्षमता हुँदा हुदैपनि डिजी बन्ने दौडमा लागिन । यसको कारण यो छ की म जहाँ काम गर्छु त्यहाँ १०० प्रतिशत दिन खोज्छु । अगाडी पनि भने मैले त्रिभुवन विमानस्थलमा म प्रमुख भएर आएपछि थालेका केही काम पुरा हुन बाँकी छ । पहिले म बाँकी कामलाई पूर्णता दिन्छु । यही सम्झेर म यस पटक डिजीको लाइनमा नलागी मेरो काममा कन्सर्नटेड भएको हुँ । 

पर्यटन तथा नागरिक उड्डयन भर्खरै नयाँ मन्त्री आउनुभएको छ कतिको उत्साहित हुनुहुन्छ ?

भर्खरै माननीय योगेश भट्टराईले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । यसबाट म निक्कै उत्साहित छु । हामी प्रधानमन्त्री ज्यूदेखि विभागीय मन्त्री र महानिर्देशक ज्युको निर्देशनअनुसार काम गर्ने हो । स्वाभाविक रूपमा केही समय रिक्त मन्त्रालय सम्हाल्न को आउनुहुन्छ होला भन्ने चासो थियो । निक्कै ईनरजेटिक डाइनामिक एवं काम गरेर देखाऊ भन्ने खालको मन्त्रीज्यू आउनुभएको छ । उहाँबाट त मलाइ झन् सहयोग मिल्छ भन्ने आशा छ ।  किनभने उहापनि दिवङ्गत मन्त्री अधिकारी जस्तै भिजिनरी नेताको रूपमा मैले चिन्छु  । उहाँले भनी सक्नु भएको छ  म चौका र छक्का हान्छु एक रन दुई रन म लिन्न उहाँले भनेका यस्ता कुराले हामीलाई झन् मोटिभेसनको काम गरेको छ । 

अघिल्लो वर्ष निक्कै सास्ती दिएको धावनमार्गको काम सकिया यो वर्ष सहज भयो हैन ?

अघिल्लो वर्ष धावनमार्ग उप्केर निक्कै सास्ती दिएको थियो यो वर्ष भने  बर्सातका  आज २ महिना भई सक्यो आज सम्म कुनै समस्या भएको छैन । मलाई लाग्छ भवितव्य भएन भने अबको १० वर्ष धावनमार्गमा कुनै समस्या आउँदैन । यसले निक्कै सहज भएको छ । 

विमानस्थलमा तपाइका भावी योजना के छन् ? 

 भावी योजनामा हामीले नयाँ स्टाइल जोन यात्रु प्रतिक्षालय बनाउँदै छौ जहाँबाट प्यासेन्जर अन्तिममा गएर जहाज चढ्नु हुन्छ । जुन अहिले ८ सय  क्यापसिटिको थियो भने हामीले १२ सय को बनाउँदै छौ । त्यस्तै हामीले डोमेस्टिक टर्मिनल को स्टेन्डर बढाउँदै छौ । डोमेस्टिकमा कनभेयर बेल्ट जुन अहिले अन्तर्राष्ट्रिय एनाइबेलमा छ त्यो कन्भेयर बेल्ट हामीले राख्दै छौ । डामेस्टिक टर्मिनल  र अन्तर्राष्ट्रिय टर्मिनल  भित्रको हामीले स्वरूप नै चेन्ज गदै छौ । बाहिर हामीले क्यानोपि बनाउने काम अघि बढेको छ । यी र यस्ता धेरै काम सम्पन्न गर्ने मेरो लक्ष्य छ जसले विमानस्थल प्रवेश गर्ने हरेकले भनोस् आहा !

तपाईँले निक्कै छोटो समयमा पुरै विमानस्थलको स्वरूप बदलिदिदाँपनि केही मिडियाले सधैँ तपाईँको नेगेटिभ एंगल खोजिरहेका हुन्छन् यसको कारण के हो ?

यो एउटा विडम्बनाको कुरा हो । किनभने मैले केहीलाई खुसी पार्न नसकेको हो कि अथवा मैले गल्ती नै गरेको हो ? यो तपाइहरु आफैले छुटटाइदिनु पर्योे ।मलाइ कता कता के लाग्छ भने त्रिभुवन विमान स्थल आफैमा एउटा देश , मिनी देश हो । १० हजार कर्मचारीहरु हामी यहाँ कार्यरत छौ । आर्मी,पुलिस सेक्युरिटी ,एयरलाइन्स गरेर कहाँ कसको इन्ट्रेस्ट के मा हुन्छ र यस्तो हुन्छ अथवा अरु केही कारण हो म बुझ्नै सकेको छैन । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार