जेठ १५ गतेको लागि तयार रहन वडाध्यक्षहरुलाई ओलीको निर्देशन (भिडियो)

Image

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंमा जनता परिचालन गर्ने बताएका छन् ।  वाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले राजावादीहरुको आन्दोलनप्रति लक्षित गर्दै तयारी रहन निर्देशन दिएका हुन् । 

“निर्देशन पछि आउँछ । तपाईंंहरु जस्तो जे गर्नुपर्छ । तयारी हालतमा बस्नुस्,” उनले भने ।  उनले १५ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । 

“१५ गते ११–२ बजेसम्म काठमाडौंमा नेकपा (एमाले)को नियन्त्रण हुनुपर्छ । कुन संस्थाको आयोजना हुन्छ, छोडिदिनुस् । आन्दोलनमा प्रोटोकल हुँदैन,” उनले भने । उनले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको समेत बताए । 

“सरकार अलि मौन बसेको, जनता चुप मौन बसेको अवस्था लिएर फुर्तिफार्ती देखाएका छन् । यी अक्षता मन्छाउने हुन्, ठ्ङ्यारो लिएर एमाले मैदानमा उत्रिएपछि यी कताकता पुग्छन्,” उनले भने ।

Share