कांग्रेस पदाधिकारी बैठक: गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निष्कर्ष (भिडियो)

Image

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

आज बिहान देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

यस्तै बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

Share