भिजिट भिसा प्रकरण भ्रष्टाचारमात्रै होइन मानवतस्करी हो : गणेश पराजुली (भिडियो)

Image

रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभइ मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानविन हुनुपर्ने बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए ।

अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरुलाई बेच्ने प्रकरणमा राज्यको निकायहरु नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषयमात्रै हुन नसक्ने उनको बुझाइ छ ।

सांसद पराजुलीले भिजिट भिसामार्फत मानवतस्करीको विषयमा अख्तियारले छानविन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषि देखिएका कर्मचारीलाई बचाउनका लागि रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए ।

गृहमन्त्री लेखकलाई दोषिसँग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनले बताए ।

पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गरेर सत्यतथ्य छानविन गर्ने र दोषिलाई कडा कारवाही हुनुपर्ने धारणा राखेका छन् ।

Share