गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने माओवादीको निष्कर्ष, राजीनामाको अडान कायमै

Image

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए । “गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,” उनले भने ।

अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्न नसक्ने उनले बताए । उपमहासचिव पुनले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै नभइ आम सञ्चारमाध्यम र जनसमूदायले नै भनिरहेको अवस्थामा गृहमन्त्रीले छानविनमा सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

मंगलबार संसद बैठक भन्दा अगाडी बिपक्षी दलको बैठक बसेर थप रणनीति तय गर्ने उनले बताए ।

Share