राजीनामा नदिने गृहमन्त्री रमेश लेखकको अडान

Image

गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्‍याएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणको विषय उठेको थियो । जहाँ विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेको सम्झाएका थिए ।

जवाफमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरे । यसका निम्ति वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह गरे ।

Share