नेतृत्वविहीन रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखियो : योगेश भट्टराई (भिडियो)

Image

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखिएको भन्दै उदेश्यविहीन र गन्तव्यविहीन अवस्थामा अवरोधमा सामेल भइरहेको आरोप लगाए ।

पार्टी नेतृत्वविहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उनको भनाइ छ । भिजिट भिसा प्रकरणमा रास्वपाको मागबमोजिम छानबिनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक रास्वपा पछाडि हटेको उनको भनाइ छ ।

उनले उपयुक्त परिपक्व संसदीय अभ्यास नदेखाएकाले रास्वपाभित्र यसको पुनःविचार हुने जिकिर गरे ।

Share