गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा रोक (भिडियो)

Image

गौशाला नगरपालिकाकी उप–प्रमुख रेणु कुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे पुगेकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको उनले बताइन् ।

नगर प्रहरीले कार्यालयमा प्रवेश गर्न नदिएपछि उप–प्रमुख महतोले समाजिक सञ्चालमा भिडियो राखेर आफूमाथि अन्याय भएका बताएकी छन् ।

नगर प्रहरीले माथिको आदेश भन्दै कार्यालय प्रवेश गर्न नदिएको उनले भिडियोमा भनेकी छन् ।

आइतबार उपप्रमुख कुशवाहाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितताको लागि दर्ता चलानी खाली राखेको भेटाएपछि दर्ता तथा चलानी किताब खोसेको लगेको समाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । सोही विषयलाई लिएर नगर प्रवेशमा रोक लगाएको उपप्रमुख कुशवाहको भनाइ छ ।

उनले पटकपटक पत्राचार गरी कागजात उपलब्ध गराउन अनुरोध गर्दा पनि उपलब्ध नगराएको तथा प्रमुख प्रशासकीय अधिकृतलाई अनुगमनको लागि पत्राचार गर्दा पनि जवाफ नपठाएकाले गौशाला नगरपालिकाको दर्ता, चलानी फाइल नियन्त्रणमा लिएको दाबी गरेकी छन् ।

Share