धरान उपमहानगरपालिकाबीच नगरप्रमुख हर्कराज साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको छ ।
धरानका मेयर राईले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले विरोध जनाएका थिए ।
त्यसपश्चात् मेयर राईले आफ्ना समर्थकलाई कार्यालय बोलाएर आफूलाई आक्रमणको प्रयास गरेको बेघाले आरोप लगाएका छन् । त्यसपश्चात आक्रोशित बनेका बेघा समूहले मेयर राई विरुद्ध पनि आक्रमण प्रयास गरेपछि धरानको स्थिति तनाव ग्रस्त छ ।
अहिले पालिकामा दुवैपक्षले एकअर्काविरुद्ध नाराबाजी गरिरहेका छन् । झडपको अवस्था सिर्जना भएपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।