प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध कायमै (भिडियो)

Image

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध जनाएका छन् । बैठकको कारवाही अघि बढ्ने वित्तिकै विपक्षी दल राप्रपा,रास्वपालगायत दलहरूका सांसद सिटबाट उठेर विरोध जनाएका छन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले बोल्नका लागि रास्वपा सांसद हरि ढकाललाई समय दिएका छन् । उनले बोल्ने क्रममा भिजिट भिसाको नाममा लाखौं लाखौं युवा ठगिएको विषयमा आन्दोलित हुँदैगर्दा सरकारले आफ्नो आन्दोलनलाई वेवास्ता गरेको आरोप लगाए ।

उनले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएका विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ दिनुपर्नेमा उल्टै कटाक्ष गरेको टिप्पणी गरे । उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

Share