सांसद थापाले च्याते बजेट पुस्तक (भिडियो)

Image

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मर बहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका छन् । बिहीबारको संसद् बैठकमा थापाले भौतिक मन्त्रालयको बजेट र समग्र बजेट नै उल्टो बाटोमा हिँडिरहेको भन्दै बजेट पुस्तक च्यातेका हुन् । 

‘भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन,’ उनले भने, ‘बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद ।’ 

थापा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिका सभापति समेत हुन् ।

Share