सरकारले संसद्‌लाई हेप्यो : माओवादी केन्द्र (भिडियो)

Image

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो टिप्पणी गरेका हुन् । ‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन’, पाण्डेले भने ।

बारम्बार संसद्को कार्यसूची आउने र कार्यसूचीमा आएको विषय हटाउने भइरहेको उनले बताए । पाण्डेको प्रश्न छ, ‘कार्यसूचीमा विषय हाउने र हटाइनेको कारण के ?’

पाण्डेले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा समेत सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए ।

संसदमा जारी रहेको अवरोध हटाउन पनि सरकारले अग्रसरता नलिएको उनको आरोप छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्को बैठक बहिष्कार गरेको छ ।

Share