संसद्‌मा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ? (भिडियो)

Image

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची राखिएको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसको अवरोधका कारण उनी प्रश्नोत्तरमा सहभागी हुन पाएनन् । सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइएको सुनाए ।

त्यसपछि प्रधानमन्त्री बैठककक्षबाट बाहिरिए । उनी बाहिरिएसँगै रास्वपा र राप्रपाका सांसद पनि बाहिरिए ।

प्रश्नोत्तर कार्यक्रमबाट स्थगित भएसँगै बाहिरिएका प्रधानमन्त्री ओलीलाई सञ्चारकर्मीहरूले प्रश्न सोधे- ‘आज संसद्‌मा बोल्न पाउनु भएन नि हैन ?’ जवाफमा ओलीले हलबाहिर रहेका सञ्चारकर्मीलाई उल्टै प्रश्न गरे – ‘मज्जा लाग्यो ?’

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि अन्य मन्त्रालयको विनियोजनमाथि छलफल भने जारी छ ।

Share