काठमाडौं । नेपालमा सुनको मूल्य सोमबार पुनः बढेको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला १ हजार ७०० रुपैयाँले वृद्धि भई २ लाख ५ हजार ३०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। तर सोमबार फेरि वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो।
यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी सोमबार ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ।
सुनचाँदी बजारमा अन्तर्राष्ट्रिय बजार मूल्य र अमेरिकी डलरको विनिमय दरका कारण निरन्तर उतारचढाव भइरहेका छन्।