कारागारबाट कैदी भाग्ने क्रम जारी, कहाँबाट कति भागे ?

Image

देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ । सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने, एमालेका नेता टोपबहादुर रायमाझिदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् ।

काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । विभिन्न जिल्लामा कारागारबाट भागेका कैदी जिल्ला अदालत गएर आगजानी गरेको समेत पाइएको छ ।

अहिलेसम्म कुन काराबारबाट कति कैदी भागे ?
सुन्धारा कारागारबाट ३३०० जना
ललितपुरको नक्खु कारागारबाट १२ सय
काठमाडौँको डिल्लीबजार कारागारबाट ११ सय
सुनसरीको झुम्का कारागारबाट १५७५
कास्कीको कारागारबाट ७७३
कैलाली कारागारबाट ६१२
महोत्तरीको जलेश्वर कारागारबाट ५७६
चितवनबाट ७ सय
कन्चनपुर कारागारबाट ४५०
कपिलवस्तु कारागारबाट ४३१
रौतहटको गौरबाट २६०
दाङ कारागारबाट १२४
जुम्ला कारागारबाट ३६
बझाङ कारागार बाट ६५
मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदी
रसुवा कारागारबाट ९८ जना कैदी

Share