कति छ आज सुनचाँदीको मुल्य ?

Image

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन अहिलेसम्मकै उच्च मुल्य तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५६५ मा कारोबार भएको थियो ।

Share