काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत मंगलबार प्रदर्शनकारी गरेको आगजनीका क्रममा आगजनी गरिएको भाटभटेनीमा ६ वटा शव भेटिएको हो ।
शव आगोले जलेर क्षत्विक्षत् भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । ध्वस्त भएको भाटभटेनीमा शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
शवको पहिचान गर्न सकिने अवस्था नरहेको र शवको डीएनए परिक्षणपछि मात्रै पहिचान गर्न सकिने प्रहरीले जनाएको छ ।
यसअघि धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार जनाको शव भेटिएको थियो ।