जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अनिश्चिनकालका लागि बन्द

Image

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । 

प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका कारण जिल्ला प्रशासन कार्यालय मोरङले प्रवाह गर्ने सेवा अनिश्चिनकालका लागि बन्द गरेको हो ।

आगजनीबाट प्रशासनको नागरिकता, राहदानी, राष्ट्रीय परिचयपत्रका सबै अन्य अभिलेख जलेका छन् । 

जिल्ला प्रशासन कार्यालय मोरङले भनेको छ- 

उपरोक्त सम्बन्धमा मिति २०७२/५/२४ गते मुलुकभर चलेको आन्दोलनको क्रममा आन्दोलनकारीहरू द्वारा यस कार्यालयमा गरेको तोडफोड र आगजनी का कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको र कार्यालयको अभिलेख र कागजातहरू जलेर नष्ट भएको कारण यस कार्यालयबाट प्रवाह हुने सेवा‌ग्रही लक्षित सेवाहरू अर्को सूचना नआएसम्म‌का लागि स्थगित रहने व्यहोरा सवैमा जानकारी गराइन्छ । यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । सकेसम्म छिटो अविलम्व सेवा प्रदान गर्न हाम्रो प्रयत्न जारी रहेको व्यहोरा समेत जानकारी गराउदछौं ।

Share