एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
कार्यकाल बाँकी रहँदै न्यौपानेले दिएको राजीनामा सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । साथै नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
२०७९ कात्तिक महिनामा उनी बैंकको सीईओमा पुनर्नियुक्ति भएका थिए । ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनले १३ महिना अवधि बाँकी रहँदै राजीनामा दिएका हुन् ।