डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

Image

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।

 अख्तियारले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंक बहादुर कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुससहित बिरेन्द्रनगर नगरपालिका-९ मंगलगडी चोकबाट विहिबार पक्राउ परेको जनाएको छ ।

Share