मलाई जति बेला काम पर्छ त्यतिबेला जहाँ पनि जान सक्छु, कुन कानुनले थुन्छ? – ओली

Image

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई उपत्यकाभित्र मात्रै सीमित गर्न खोजीएको भन्दै असन्तुष्टि जनाएका छन्।शनिबार एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा आफूलाई आवश्यक परेका बेला नेपालका कुनै पनि क्षेत्रमा जान सक्ने जिकिर गरे।

‘चुनाव गारउने अरे, झापामा मेरो घर जलाइयो, अनि हेर्न जान परेन?,’ ओलीले भने, ‘हेर्न पनि जान नपाउने। साँघा तरेर धुलिखेलमा गएर मिटिङ गर्न नपाउने। क्या गजबको सरकार छ। मलाई जति बेला काम पर्छ, त्यतिबेला म साँघा कट्ने होइन नेपालको सरहदरभित्र जहाँ पनि घुम्न जान सक्छु।’

उनले आफूलाई कुन कानुनले रोक्छ भन्दै प्रश्न समेत गरे। ओलीले भने,‘के कानुनले समाउँछ? के कानुनले थुन्छ? कुन लोकतन्त्रले थुन्छ? त्यो म हेर्छु। जथाभावी गर्ने? मनपरी गर्ने? यो देश हाम्रो होइन?’

Share