हलाण्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

Image

 म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिङ हालाण्डले दुवै गोल गरेका थिए । हलाण्डले खेको ५८ र ६३औं मिनेटमा गोल गर्दै सिटीलाई जिताएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ । सिटीको ८ खेलमा १६ अंक रहेको छ । त्यस्तै ८ खेल्दै १९ अंक रहेको आर्सनल शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी एभर्टनको ८ खेलमा ११ अंक रहेको छ र हाल लिगमा १०औं स्थानमा झरेको छ ।

Share