पाकिस्तानमा टमाटरको मूल्य आकासियो, किलोको ७०० सम्म

Image

पाकिस्तानमा टमाटरको मूल्य आकासिएको छ ।  पाकिस्तानका विभिन्न सहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० पाकिस्तानी रुपैयाँसम्म पुगेको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।

कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति टमाटरको थोक मूल्य प्रति किलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० रुपैयाँ थियो । कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेँडाको मूल्य प्रति किलोग्राम ६०० देखि ७०० रुपैयाँ पुगेको छ ।

व्यापारीहरू टमाटरको मूल्य बढ्नुमा अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध, वर्षा र बाढीका कारण बालीमा क्षति र बलुचिस्तानमा खेतीमा कमी जस्ता कारण रहेको बत्ताउँछन् ।

उनीहरूका अनुसार पन्जाबमा आएको बाढीले अन्य तरकारीको मूल्य पनि बढाएको छ र हाल यी मूल्यहरूमा कमी आउने सम्भावना कम रहेको बताइएको छ ।

Share