नेकपा एमालेका युवा नेता महेश बर्तौलाले ‘मुलुकमा शान्ति सुरक्षा र निष्पक्ष निर्वाचनको मुख्य चुनौती नै गृहमन्त्री ओमप्रकाश अर्याल भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बर्तौलाले सक्कली छानबीन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरि बिध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कने दाबी गरेका छन् ।
उनले गृहमन्त्री अर्यालले अहिलेसम्म लुटिएका हतियारहरु नखोजेको, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्न नगरेको, भागेका कैदीबन्दीहरु कहाँ छन् भन्ने चासो नराखेको तर शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा , अराजकता र अस्थिररताको प्रवर्धन का लागी पुर्व पुर्वप्रधानमन्त्री , पुर्वमन्त्री, शिर्ष नेताहरु र राजनितिक दलहरुलाई भड्काउन, उत्तेजित बनाउन बेलगाम झुटा अभिब्यक्ति र घातक कृयाकलापहरु गरिरहेको आरोप लगाएका छन ।
उनले भनेका छन्-
यदि सक्कली छानबीन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरि बिध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल रहेको निष्कर्ष निस्कनेछ ।
यिनी अहिलेसम्म पनि इर्श्या, डाह, कुण्ठा र आक्रोश भन्दा बाहिर निस्कनै सकिरहेका छैनन । उनी लुटिएका हतियारहरु खोज्दैनन, प्रहरी को दबेको मनोबल उठाउने प्रयत्नै गर्दैनन, भागेका कैदिबन्दी हरु कहाँ छन चासो नै राख्दैनन , हरेकदिन जसो हत्या र हिंसाको घटना घटिरहेका छन यसमा फिटिक्कै चिन्ता छैन बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा , अराजकता र अस्थिररताको प्रवर्धन का लागी पुर्व पुर्वप्रधानमन्त्री , पुर्वमन्त्री, शिर्ष नेताहरु र राजनितिक दलहरु लाई भड्काउन , उत्तेजित बनाउन , इरिटेसन गर्न हरसम्भब बेलगाम झुटा अभिब्यक्ति र घातक कृयाकलापहरु गरिरहेका छन ।
उनले बुझेका छन कि यस्तै तरिकाले अघि बढेमा मात्रै फागुन २१ को निर्वाचन गराउने कार्यादेश टार्न सकिन्छ र कथित गृहमन्त्रीको कुर्सिमा थप बसिरहन सकिन्छ । किनकि यिनी जनादेशबाट त्यस जिम्बेवरिमा पुगेका होइनन, जेन जी युवाहरुको भावना र आकाङ्क्षा माथि धोका दिदै झुक्याएर षडयन्त्रकारीहरू सँगको मिलिभगतमा गृहमन्त्री भएका हुन । उनि गौ बधको पक्षमा वकालत गरेर समाजमा धार्मिक अशान्ति निम्त्याउन जोडबल लगाउने लाइसेन्सवाला वकिल पनि हुन ।
वडा सदस्य समेत नभएका उनिलाई न त जनादेश प्रति उत्तरदायी हुनु छ , न त देश प्रति उत्तरदायी हुनु छ , न त संविधान प्रति या न त जनता नै प्रति । उनलाई त केवल षडयन्त्र प्रति र आफ्नै निजि स्वार्थ प्रति मात्रै उत्तरदायी भए पुग्छ । जनता प्रति भरोसा बोक्नेहरुले जहिल्यै पनि जनादेशलाई सम्मान गर्दछ र शान्तिपूर्ण आवद्यिक निर्वाचन प्रति बिस्वास गर्दछ। तर जनता प्रति भरोसा नभएकाहरुले जहिलेसुकै आतङ्क , बिध्वंस र बिनास प्रति मात्रै बिस्वास गर्दछ र झुट तथा षडयन्त्रको को सहारा लिने गर्दछ । जुन गृहमन्त्री अर्याल ले गरिरहेका छन ।