चितवन राइनोजले भित्र्यायो तीन विदेशी खेलाडी

Image

 नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी चितवन राइनोजले तीन विदेशी खेलाडी भित्र्याएको छ ।

चितवन राइनोजले ४० बर्षिय पुर्व पाकिस्तानी खेलाडी शोहैल तनभीर, इङल्याण्डका ४० बर्षिय पुर्व क्रिकेटर रवि भोपारा र इङल्याण्डकै ३८ बर्षिय पुर्व क्रिकेटर डेविड मलानलाई भित्र्याएको जानकारी दिएको छ ।

कुशल मल्ल मार्की खेलाडी रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपिन रावल, विपिन आचार्य र रन्जीत कुमारलगायतका खेलाडी रहेका छन् ।

Share