प्रधानमन्त्री सुशीला कार्कीको सात राजनीतिक दलहरुसँगको छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सात राजनीतिक दलका प्रतिनिधिहरुसहित दुई जना पर्यवक्षकसमेत रहेका छन् ।
छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली, त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, त्यस्तै रास्वपाबाट
डा. स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी रहेका छन् ।
त्यसैगरी एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, नाउपाबाट रेशम चौधरी, मजदुर किसान पार्टी प्रेम सुवाल, जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका छन् ।
त्यस्तै छलफलमा पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियारका साथै प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित रहेका छन् ।