गुगल क्रोमलाई ओपनएआईको चुनौती, लन्च गर्यो वेब ब्राउजर

Image

च्याटजिपिटीको निर्माता ओपनएआईले आफ्नो पहिलो एआई संचालित वेब ब्राउजर ‘ च्याटजिपिटी एटलस’ लन्च गरेको छ ।

यसलाई विश्लेषकहरुले गुगल क्रोमको सम्भावित प्रतिद्वन्द्वीको रूपमा हेरेका छन् । कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने दाबि गरेका छन् ।

एटलसको पहिलो संस्करण हाल एप्पल म्याकोसमा जारी गरिएको छ । प्रयोगकर्ताहरूले च्याटजिपिटी खाताबाट लग इन गर्न सक्छन् र उही च्याट इन्टरफेस भित्र वेब खोज, वेबपेज ब्राउजिङ, र सामग्री सारांश जस्ता सुविधाहरू पहुँच गर्न सक्ने बताइएको छ ।

ओपनएआईले यसले सशुल्क ‘एजेन्ट मोड’ पनि समावेश गर्नेछ । यो सुविधाले प्रयोगकर्ता निर्देशनहरूको आधारमा स्वचालित रूपमा इन्टरनेट स्क्यान गर्नेछ, जानकारी सङ्कलन गर्नेछ, र खोज परिणामहरूको सारांश प्रस्तुत गर्नेछ ।

ओपनएआईले आफ्नो एआई प्रविधिलाई व्यावसायिक उत्पादनहरूमा रूपान्तरण गर्न र यसको राजस्व स्रोतहरूलाई विविधीकरण गर्न अघि बढ्दै गर्दा वेभ ब्राउजरको पनि सुरुवात गरेको जनाएको छ ।

Share