भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
दुर्घटना शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ । दुर्घटनाको समयमा बसमा ४२ जना यात्रु सवार थिए । मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ, किनकि केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
जानकारी अनुसार मोटरसाइकल बससँग ठोक्किएर, त्यसको मुनि गएर तेलको ट्याङ्कीमा ठोक्किएर आगो लागेको देखिएको छ ।
प्रहरीका अनुसार सर्ट सर्किटका कारण बसको ढोका जाम भयो र केही मिनेटमै गाडी पूर्ण रूपमा आगोमा जल्यो । बाँचेका धेरैजसो यात्रुहरू २५ देखि ३५ वर्ष उमेरका रहेको बताइएको छ ।














