गायिका नितु पौडेलको निधनपछि उनको परिवारले गायक बाबुल गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। नितुका दाइ गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।
पौडेलको आज बिहान उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको हो। गत शनिबार गिरीकै स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। त्यहाँबाट उद्धार गरेर उनलाई वर्न अस्पताल पुर्याइएको थियो।
प्रहरीले गिरीलाई यसअघि नै नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ पनि गरेको थियो। प्रहरीले यस घटनाबारे थप अनुसन्धान भने जारी रहेको जनाएको छ।














