जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको टोखाबाट २० वर्षीय ठाकुर पक्राउ

Image

 १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको टोखा नगरपालिका-१ सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । 

ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share