महिला क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा

Image

अस्ट्रेलियाले जारी महिला क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध शानदार ७ विकेटको जित हासिल गरेको छ । शनिबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ७ विकेटले पराजित गरेको हो । 

दक्षिण अफ्रिकाले दिएको केवल ९८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २४ ओभरमा अल आउट हुदै ९७ रन मात्र बनाएको थियो । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाकी बलर अलाना किङले ७ ओभरमा २ मेडनसहित १८ रन दिएर ७ विकेट लिएकी थिइन् ।

यो जितपछि अस्ट्रेलिया लिग चरणमा ७ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै दक्षिण अफ्रिकाको ७ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

दक्षिण अफ्रिका पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । त्यस्तै इङल्याण्ड र भारत पनि सेमिफाइनलमा पुगिसकेका छन् । अब यस विश्वकपको लिग चरणको अन्तिम दुई खेल आइतबार हुदैछन् ।

आइतबारका खेल अघि नै सेमिफाइनलको समिकरण तय भएको छ । आइतबारका खेल अघि नै सेमिफाइनलको समिकरण तय भएको छ । आइतबार हुने दुई खेलले सेमिफाइनलको समीकरणलाई कुनै असर नगर्ने भएको छ ।

अंकतालिकामा हाल अस्ट्रेलिया शिर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रीका दोस्रो, इङल्याण्ड तेस्रो र भारत चौथो स्थानमा छ । आइतबारको खेल जिते पनि भारत चौथो स्थानमै रहने हुनाले सेमिफाइनलको समीकरणमा कुनै असर नगर्ने भएको हो ।

जस अनुसार पहिलो सेमिफाइनलमा इङल्याण्ड र दक्षिण अफ्रिका अक्टोबर २९ मा खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र भारत अक्टोबर ३० मा खेल्ने भएका छन् । यस विश्वकपको फाइनल खेल नोभेम्बर २ मा हुने तालिका छ ।

Share