नयाँ मन्त्रीका रूपमा सिफारिस गरिएका चारमध्ये दुईजनाको मात्रै आज शपथ हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति कार्यालयले दिउँसो साढे २ बजे शपथ ग्रहण कार्यक्रम तय गरे पनि दुईजनाको शपथ हालका लागि रोकिएको स्रोतले जनाएको छ ।
उच्च स्रोतका अनुसार सिफारिस भएका चारमध्ये बब्लु गुप्ता र सुधा शर्मा गौतमको मात्रै आज शपथ हुने पक्का भएको छ । खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको भने शपथ रोकिएको छ ।
राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको तयारी पूरा भएको र दिउँसो साढे २ बजे कार्यक्रम सञ्चालन हुने जनाएको छ । अब शपथ ग्रहणमा बब्लु गुप्ता र सुधा शर्मा गौतम मात्र सहभागी हुने छन् ।
सरकारमा नयाँ मन्त्री थप्ने तयारीका क्रममा विवाद उठेपछि प्रधानमन्त्रीले अन्तिम समयमा फेरबदल गर्नुपरेको बताइएको छ ।














