सुन तोलामा २९ सयले घट्यो

Image

नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २ हजार ९ सयले घटेर तोलाको २ लाख ३७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर २९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।

Share