एप्पलको बजार पूँजीकरण पहिलो पटक ४ ट्रिलियन डलर नाघेको छ । एप्पल एनभिडिया र माइक्रोसफ्ट पछि यो आँकडा पार गर्ने तेस्रो कम्पनी बनेको छ । एनभिडिया ४.७१ ट्रिलियन डलरको बजार मूल्यको साथ विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो । त्यस्तै माइक्रोसफ्ट ४.०६ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी रहेको छ ।
अब एप्पल ४ ट्रिलियन डलरको कम्पनि बनेको छ । यो संख्या भारतको जीडीपी बराबर रहेको छ । आईएमएफका अनुसार, भारतको जीडीपी हाल ४.१३ ट्रिलियन डलर रहेको छ । एप्पलपछि गुगल समुह एल्फावेटको बजार मुल्य ३२४ ट्रिलियन डलर रहेको छ भने अमेजनको २४२ ट्रिलियन डलर रहेको छ ।
अक्टोबर २८ मा, एप्पलको स्टक व्यापारको क्रममा २६९.८७ डलरको सर्वकालीन उच्चतम स्तरमा पुगेको थियो, जसले कम्पनीको बजार पूँजीकरण पहिलो पटक ४ ट्रिलियन पार गर्यो । कम्पनीको स्टक हाल २६८.५१ डलरमा कारोबार भइरहेको छ ।
सेप्टेम्बर ९ मा लन्च गरिएको आईफोन १७ सिरिजका कारण एप्पलको बजार मूल्याङ्कन बढेको छ । आईफोन १७ सिरिज लन्च भएदेखि एप्पलको स्टक १५ प्रतिशतले बढेको छ । त्यतिबेला कम्पनीको स्टक २३४ डलर रहेको थियो । यस वर्षको सुरुमा, कम्पनीको स्टक ऋणात्मक थियो, तर अहिले सकारात्मक भएको छ ।
काउन्टरपोइन्ट रिसर्चको तथ्याङ्क अनुसार, अमेरिका र चीनमा आईफोन १७ को बिक्री अघिल्लो मोडेलको तुलनामा १४ प्रतिशत बढी भएको छ । रिपोर्टका अनुसार, एप्पल एआई दौडमा अलि पछाडी रहेको छ, जसले स्टकमा दबाब दिएको छ । एप्पल इन्टेलिजेन्स सुइट र च्याटजीपीटी एकीकरण आयो, तर सिरीको एआई अपग्रेड अर्को वर्षसम्म स्थगित गरियो ।
















