ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

Image

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ ।

ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिन दक्षिण कोरिया जाँदैछन् । उत्तर कोरियाले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैध बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार, क्षेप्यास्त्रहरू ठाडो रूपमा प्रहार गरिएका थिए र लगभग ७,८०० सेकेन्डसम्म हावामा रहेको उल्लेख गरेको छ ।

दक्षिण कोरियाको भ्रमणको क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने कुनै संकेत हालसम्म देखिएको छैन । ट्रम्पले आज दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङसँग भेट गर्नेछन् । दक्षिण कोरिया अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिन दबाबमा छ ।

Share