सुनको मूल्य स्थिर, चाँदी प्रतितोला रु १३० ले बढ्यो

Image

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएकाले आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन।

यता, चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदी प्रतितोला रु ५ हजार ७ सय १५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो। यसअनुसार चाँदीमा प्रतितोला रु १३० ले वृद्धि भएको महासंघले जनाएको छ।

त्यसैगरी, बुधबार सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम रु ४ हजार ९ सयमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आउने गरेको व्यवसायीहरू बताउँछन्।