रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा नै ढलेका थिए। उनको हृदयघातको कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहानदेखि मतगणना सुरु भएको केही समय पछि ढलेका रेग्मीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए।
अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि कोसी अस्पतालमा ल्याइएएको छ।
















