झापा-५ मा केपी ओलीसँग बालेनको ४५ हजार बढी मतान्तरको जीत सुनिश्चित

Image

झापा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) को जित सुनिश्चित भएको छ। गणना हुन बाँकी मतभन्दा उनले बनाएको मतान्तर धेरै भइसकेकाले उनको विजय निश्चित भएको हो।

पछिल्लो मतपरिणामअनुसार खसेको १ लाख ६ हजार ३७२ मतमध्ये ८८ हजार ४४१ मत गणना भइसकेको छ। हालसम्मको परिणाममा बालेनले ५५ हजार ९३४ मत प्राप्त गरेका छन्।

उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले १५ हजार ४०९ मत प्राप्त गरेका छन्।

हाल बालेन र ओलीबीचको मतान्तर ४० हजार ५२५ पुगेको छ। अब गणना गर्न १७ हजार ९३१ मत मात्र बाँकी रहेको छ। बाँकी मतभन्दा मतान्तर धेरै भइसकेकाले झापा–५ मा बालेन शाहको जित सुनिश्चित भएको हो ।