लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वीसुब्बा गुरुङ पराजित

Image

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्।

मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत प्राप्त गरे। यस्तै नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हरिजङ्ग तामाङले तीन हजार ३७१ मत प्राप्त गरेका छन्।

कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको लमजुङमा ७५ हजार ४६० मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। रास्वपाका केसीले ठूलो मतान्तरसहित जित हासिल गरेसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ परिवर्तन देखिएको छ।