जुम्लामा रास्वपाकी पूर्व सांसद विनिता कठायतको जमानत जफत

Image

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार तथा पूर्व समानुपातिक सांसद विनिता कठायतले अत्यन्तै कमजोर मत प्राप्त गर्दै पराजय भोगेकी छन्। कुल मत परिणामअनुसार उनले जम्मा ३९८ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको छ।

जुम्लामा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज् ज्ञानेन्द्र शाही विजयी भएका छन्। शाहीको जितसँगै राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित निकालेको छ। देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिएको अवस्थामा जुम्लामा भने रास्वपाले अपेक्षित परिणाम निकाल्न सकेन।

रास्वपाकी उम्मेदवार कठायतले हजार मत पनि कटाउन नसकेपछि निर्वाचन आयोगको व्यवस्थाअनुसार उनको जमानत जफत भएको हो।

कठायत यसअघि रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। तर प्रत्यक्षतर्फ पहिलोपटक चुनावी मैदानमा उत्रिँदा उनले अपेक्षित समर्थन पाउन सकिनन्।