चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा।प्र ०६–००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भई नालीमा खसेपछि दुर्घटना भएको हो।
दुर्घटनामा अटो चालक कालिका नगरपालिका–९ निवासी ३९ वर्षीय पूर्णबहादुर विक, राप्ती–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनी तामाङ तथा सोही स्थानका ५५ वर्षीय तिलक तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा राप्ती–९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
















