तबला दिएको तस्बिर राखेर ओलीले भने- बालेन बाबु बधाई !

Image

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ले उनलाई बधाई दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत ओलीले बालेनलाई पहिले आफूले दिएको पुरानो तबलाको तस्बिर साझा गर्दै बधाई सन्देश दिएका हुन्। सन्देशमा उनले बालेनको पाँच वर्षे कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। ओलीले लेखेका छन्, “बालेन बाबु, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना।”

झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै प्राप्त गरेका छन्।