युगान्डामा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ६३ जनाको मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार बुधबार बिहान राजधानी कम्पालालाई उत्तरी शहर गुलुसँग जोड्ने देशको सबैभन्दा व्यस्त मार्गहरू मध्ये एक कम्पाला-गुलु राजमार्गमा दुर्घटना भएको हो ।
युगान्डा प्रहरी बलका अनुसार दुई तीव्र गतिमा चलिरहेका बसहरू एकअर्कासँग ठोक्किएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार, एक बस चालकले दुर्घटनाबाट बच्न मोड लिएका थिए, जसका कारण धेरै सवारी साधनहरू पल्टिए र एकअर्कासँग ठोक्किएका थिए ।
घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ र सबैलाई पश्चिमी शहर किरियान्डोङ्गोको अस्पताल लगिएको छ । तीव्र गति, ओभरलोडिङ र रातमा लामो दूरीको यात्रा युगान्डामा हुने सबैभन्दा सामान्य सडक दुर्घटना भएको बताइएको छ ।